Education @ Madhesh ; Equality vs Equity
मेरो गाउँ ... जहाँ मेरो कर्म भुमी छ। गाउँको 92 वर्षका वृद्धले भन्नुभयो कि जमिनमुनि बाट शिवलिङ्ग निस्केपछी महादेवको नामबाट ठाउँको नाम राखिएको छ। कृषि, वैदेशिक रोजगारी र राजनीति यहाँको घर घरमा छन। मानिस न त गरिब छन न त धनी, न त अशिक्षित छन न त शिक्षित। तपाईं जे भन्नुहोस् , त्यो अर्धसत्य मात्र हुन्छ र सबैभन्दा राम्रो कुरा यो छ कि तपाईं केही बोल्नुस, तपाईं गलत हुने कुरा आउदैन। सबैभन्दा नराम्रो कुरा, तपाईं पुर्ण सहि कहिले हुन सक्नु हुन्न। यहाँ समाज छ जसले एक अर्का लाई हरेक काममा मदत गर्छ्न, कृति र विकृती दुबैमा। फोहोर पानीले रोग लाग्छ, थाहा छ तर पोखरीको पानी नुहाएर, भाँडा माझेर फोहोर हुँदैन!
हाम्रो गाउँको
हावामा बालविवाह, drugs, भ्रष्टाचार, राजनीति etc छन। मेरो धेरै दिनको गाउँको यात्रा र विद्यार्थीको कुराले मलाई बुझ्न् सजिलो
बनायो। अब मेरो मानसपटलमा एउटा प्रश्न थियो। बुझेर पनि किन? नबुझेकाले गर्नु स्वभाविक होला तर बुझ्नेले
किन गर्छ? मैले हरेक उमेर
समुहसङ्ग कुरा गर्ने सोचे।
हामिले गर्दा गाउँ तातिएको मुद्दा थियो बालविवाह, विवाहमा स्कुलको प्रयोग, ३ कक्षा देखि माथिको बच्चाले गाजा खानु, मेयर साब सङ्ग अनावश्यक रकम हटाउनु, भ्रष्टाचार लाई शिक्षाबाट लखेट्नु ।
विद्यालय
परिधिभित्र बराती राख्न नमिल्ने आन्दोलन, विद्यालयमा संचालित जागरुकता अभियान र केही कदमले तरंग पैदा गरेको थियो।
गाउँमा कोहीले कुरा गर्थे भने कसैले मुख घुमाउथे। आफू कुरा गर्ने ठानेपछी पछि
हट्ने कुरा नै भएन। ३ पू्र्खाको आ-आफ्नै विचार थिए। वालविवाह यसरी पनि हेर्ने गरिन्छ:
ठुला पुर्खा :
केटाकेटी स्कुल गएर बिग्रेको, कुरा नसुन्ने , खेती तथा पुर्खौली काममा सहयोग नगर्ने, लभेरियामा पर्नेले गर्दा सहि बाटोमा ल्याउन
बालविवाह गरिन्छ।
मझौला पू्र्खा : हामी पढ्न दिन्छौं तर केटाकेटी बिग्रेको, खुलेयाम संस्कृति बिगार्दा, केटाकेटी मर्यादाको दायारा तोडेको देख्दा इज्जत नै जाला जस्तो हुन्छ। कम उमेरमा घर छोडेर भाग्नु अपराध हो। त्यसरी जीवन बर्बाद गर्नु कति उचित छ? कम्तीमा सक्षम त हुनुपर्छ यस्तो गर्न। हामीले बुझेर, सत्य तथ्य जानेर बाध्यतामा विवाह गरिदिन्छौ। नराम्रो त हामिलाई पनि लाग्छ तर बच्चाको भबिस्य सोचेर कदम लिन्छौं। सहर होइन यो, यहाँ सानो दागको लागि पुरै परिवारले सजाय भोग्नु पर्छ। अनुशासन लागू गरेर पनि केटाकेटी को उहीँ ताल छ।केटाहरू बिगृन थालेपछि आफू सङ्गै काम गराउने, अरु ठाउँमा काम लगाइदिने या वैदेशिक रोजगारीमा पठाउने गरेको सुनाए। के गर्ने सर, छ केही उपाय ? मैले पाएको दुख बच्चाले नपावोस नै चाहन्छौं तर स्नातक भन्दा पहिले बरालिन्छन। हामी अभिभावक बुझदैनौ र शिक्षक बुझेका व्यक्तिले बुझाउनु हुन्न। कसरी सिकाउनु बच्चालाई ?
सानो पुस्ता:
सर, कसैको ७कक्षामा
कसैको ८ मा पनि बिहे हुन्छ। गौना(बिहे पछि केटि माइत नै बस्छिन। उमेर पुगेपछि
सहमतिमा बिदाईको शुभ दिन) पछि गरिन्छ। पढाईमा मनै लाग्दैन। जबर्जस्ती बिहे
गरिदिन्छन् नत्र अभिवावकले मर्छु भन्छ।" हामी सानो भए किन बिहे गरेको र ठुलो भए
प्रेम गर्न किन नमिल्ने? घरमा कुरा चल्दैछ
मेरो, यो वर्ष मात्र
छ अलि साथिहरुसङ्ग रमाइलो गर्ने " एक जना ८ कक्षाकि छात्राले विचार राखिन। केटाहरु गाजा, drugs प्रयोग गर्छन।
बसेर कुरा गर्दा "बुवा वैदेशिक रोजगारीमा छन,य मेरो टाउकोमा १३ लाखको ऋण छ।" धेरै चिन्तामा छु सर भनेर भने। गाजाको गन्ध
आउँदा पनि नखाएको नै भने। अब केही दिनमा परिवारको बोझ हटाउछु। काम गर्छु या विदेश
जान्छु। म छोरा भएपछि यो मेरो कर्तव्य हो सर। के गर्ने सर? परिवारले बुझ्दैन। एक जना बहिनीले आफ्नो
मनको कुरा राख्न नसक्दा आत्महत्या गरिन। जे गरिन गलत गरिन तर मनको कुरा बुझाउने
उनिसङ्ग ठाउँ थिएन।
अर्को प्रमुख
समस्या थियो, भ्रष्टाचार।
गाउँलेले हरेक विद्यालयको कदमलाई नराम्रो दृष्टिले हेर्छ्न। कुरा धेरै हद सम्म सहि
नै पायौ। केही मुद्दामा विद्यार्थीको आन्दोलन नगरपालिका सम्म पुग्यो। केही
विद्यालयमा समाधान भए त केही अदृश्य भए। सहि समयमा विद्यालय नआउने, १० मिनेट भन्दा बढी कक्षा नलिने, आफू खुसी छुट्टी दिने, तुलना र राजनीति गर्नु शिक्षकको अधिकार
ठानिन्छ यहाँ। हाम्रो कदमलाई सहि भने ठुला पदाधिकारी हरुबाट दबाब दिइन्छ यहाँ। म त
हटि मान्छे, छोड्ने कुर
भएन। मैले खाएको हो र, उस्ले खायो, उसले होइन उसैले हो। खाने मुख सबैको छ, लुकेर मात्रै। दोष पनि नभएको बेलामा मात्र
लगाइन्छ। खै कुन्नि सामुन्नेमा सोही मानिसको प्रसंशा को पुलनै जोड्छन। एउटालाई
भन्दा अर्को जाई लाग्ने र अर्कोलाई भन्दा धेरैलाई खुर्सानी लाग्ने। बहस त
झर्काझर्किसम्मै पुग्ने।
सुतेकालाई उठाउने तर नाटक गर्नेलाई कसरी
उठाउने? झनक्क रिस
उठ्थ्यो। बालविवाह गलत तर गर्नुपर्ने बाध्यता रे। स्कुलमा पढ्छु, अर्को वर्ष बिहे हुन्छ भने म कसरी सानो भए? मैले केहिदिनको लागि भएपनि रोजेको जीवन
पाउनुपर्छ। बिग्रेको छ त्यसैले काममा लगाएको। घरको जिम्मेवारीले गर्दा कुलत र
काममा लागेको छु। दुनियाँ भ्रष्ट छ, म चोखो छु। राम्रो कामको लागि बजेट छैन तर खाने ठाउँ भए कता हो हजुर।
सरकारी स्कुल हो त्यसैले यस्तो छ। हामिले जे भन्यौं त्यो मान्नै पर्ने, म शिक्षक र तिमी जाबो विद्यार्थी। हामी नेता
मान्छे, गलत देखेर पनि
साथ दिन्छौं किनकि हाम्रो भोट यहीँ बाट आउँछ। हरेक शिक्षाको विषय राजनैतिक
हुनैपर्ने। यस्ता समस्याहरु, हरेक पिढिका
गुनासोहरुले मन जहिले पोलथ्यो। हामी हरेक दिनको मुद्दामा छलफल गर्थ्यौ। नयाँ आशा र
कदमका साथ हरेक दिन अघि बढ्थ्यौ।
हामिले गाउँको
भ्रमन र home visit लाई तीब्र पार्यौ। अरुदिनको counseling भन्दा सिधा यथार्थ देखायौ। दुख मानेर, नराम्रो ठानेर भएपनी सबैले सुने। चोट स्पष्ट
देखिन्थ्यो ती नजरहरुमा। academic मा practical math ले non academic मा सहयोग गर्यो। विद्यार्थी बहस र विचार राख्ने ठाउँ खोज्न थाले। घर घरमा
छलफल शुरु भयो। वडा, नगरपालिका र
परिवारको निगरानी बढ्यो। हालको लागि विद्यार्थीले, समाज बदलिदैन त्यसैले समाजको नियम भित्र बसेर आफ्नो स्तर उठाउने, समय समयमा समाजका विकृतिलाई चुनौती दिने, आफुले पुरानो समाजलाई बदलिनु भन्दा नयाँ
समाज निर्माणमा भुमिका खेल्ने कुराहरु गर्न थाले। विद्यालयमा पनि धेरै दिन कर्तव्य
पहिचान र झर्काझर्की चलिरहन्छ। बहस झर्काझर्की सम्म नपुग्दा शिक्षण सामाग्री त
पाइदैन। केही मुद्दामा वडा आए, केहिमा
विद्यार्थी, केहिमा गाउँ त
केहिमा देश सञ्चार। हामीले पारदर्शी समाज निर्माण गर्नुछ जहाँ पिढिहरुले एक
अर्कोको कुरा बुझुन, सरकारी निकाय
या विद्यालय माथी विश्वासको वातावरण स्थापित होस र बच्चालाई बच्चा नै भएर बाच्ने
वातावरण बनोस।
यति गर्दा पनि
यो स्थिर विचार समाजमा रहदैन किनकी त्यहाँको हावामा राजनीति छ। चोरी निकासी र
गुन्डागर्दीले ओहदा पाउछ्न। राम्रो काम गर्नेले धम्की पाउछन्। स्थानीय नेतृत्वले
खुलेयाम गलतलाई साथ र ईमानदारलाई लात दिदा कसको विचार कति दिन काम लाग्ला? जसले बुझ्छ, उसले समाज नै परिवर्तन (बसाइँसराइ)गर्छ। जति परिवर्तन हात आएपनी शुरुआत
शुन्य बाटै हुनेछ। म पढाउदै समाज परिवर्तन गर्ने सोच राखेको छैन, मलाइ समाज परिवर्तनका साथ पढाउनु छ।
सम्पुर्ण परिस्थिति र आफ्नो कार्य परिधि हेर्दा हाथ बाँधिएको अनुभव हुन्छ।
Comments
Post a Comment