Education @ Madhesh ; Equality vs Equity
मेरो गाउँ ... जहाँ मेरो कर्म भुमी छ। गाउँको 92 वर्षका वृद्धले भन्नुभयो कि जमिनमुनि बाट शिवलिङ्ग निस्केपछी महादेवको नामबाट ठाउँको नाम राखिएको छ। कृषि , वैदेशिक रोजगारी र राजनीति यहाँको घर घरमा छन। मानिस न त गरिब छन न त धनी , न त अशिक्षित छन न त शिक्षित। तपाईं जे भन्नुहोस् , त्यो अर्धसत्य मात्र हुन्छ र सबैभन्दा राम्रो कुरा यो छ कि तपाईं केही बोल्नुस , तपाईं गलत हुने कुरा आउदैन। सबैभन्दा नराम्रो कुरा , तपाईं पुर्ण सहि कहिले हुन सक्नु हुन्न। यहाँ समाज छ जसले एक अर्का लाई हरेक काममा मदत गर्छ्न , कृति र विकृती दुबैमा। फोहोर पानीले रोग लाग्छ , थाहा छ तर पोखरीको पानी नुहाएर , भाँडा माझेर फोहोर हुँदैन! हाम्रो गाउँको हावामा बालविवाह , drugs, भ्रष्टाचार , राजनीति etc छन। मेरो धेरै दिनको गाउँको यात्रा र विद्यार्थीको कुराले मलाई बुझ्न् सजिलो बनायो। अब मेरो मानसपटलमा एउटा प्रश्न थियो। बुझेर पनि किन ? नबुझेकाले गर्नु स्वभाविक होला तर बुझ्नेले किन गर्छ ? मैले हरेक उमेर समुहसङ्ग कुरा गर्ने सोचे। हामिले गर्दा गाउँ तातिएको मुद्दा थियो बालविवाह, विवाहमा स्कु...